
ट्वान्टी–२० विश्वकप छनोट क्रिकेटमा नेपालले तेस्रो स्थानका लागि आज घरेलु टोली यूएईको सामना गर्दैछ ।
खेल नेपाली समयअनुसार दिउँसो पौने चार बजे अवुधावीमा हुनेछ । हिजो भएको खेलमा अफगानिस्थानसँग सात विकटेले पराजित भएको नेपाल सेमिफाइनलबाट बाहिरिएको छ ।
नेपाल बुधबार हडकङलाई ५ विकटले पराजित गर्दै आगामी वर्ष वंगलादेशमा हुने विश्वकपमा भने छनोट भइसकेको छ ।