रोनाल्डोकी गर्लफ्रेन्ड बलिउडमा !

काठमाण्डु टुडे २०७० मंसिर १३ गते ९:४३ मा प्रकाशित

irina-shaykकाठमाडौं, १३ मंसिर । सबैभन्दा महंगा फुटबल खेलाडि क्रिस्टियानो रोनाल्डोकी गर्लफ्रेन्ड इरिना छिट्टै बलिउड चलचित्रमा देखिने भएकी छन् । उनी जर्मन मोडल हुन् ।

अँग्रेजी पत्रिका ‘मिड डे’का अनुसार इरिना केही दिन अघि भारतको एक फेशन शो को सिलसिलामा मुम्बई गएकी थिइन् । त्यहाँ उनको केही चलचित्रकर्मीसँग छलफल भयो । कतिपयले उनलाई बलिउड चलचित्रमा खेल्न प्रस्ताव राखे र उनले पनि काम गर्न इच्छा देखाइन् ।

अँग्रेजी पत्रिका ‘मिड डे’का अनुसार उनलाई हिन्दी चलचित्र राम्रो लाग्छ । उनले ‘स्लमडग मिलेनियर’ नामक फिल्म पाँचपटकसम्म हेरेकी थिइन् ।

जर्मन ब्युटी इरिनाले यसअघि ‘हरक्युलिस’ नामक हलिउड फिल्ममा काम गरिसकेकी छन् । उनले प्रख्यात अन्तराष्ट्रिय पत्रिकाका कभर पेजमा पनि स्थान पाएकी छन् । अन्तराष्ट्रिय मोडल इरिना र रोनाल्डोको करिब तीन बर्षदेखि अफेयर चल्दै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us