सबै शासकीय ढाँचा अध्ययन गर्न सुझाव

काठमाण्डु टुडे २०७० मंसिर १३ गते १६:५४ मा प्रकाशित

बर्दिवास, १३ मङ्सिर–एकीकृत नेकपा (माओवादी)का नेता गिरिराजमणि पोखरेलले निर्वाचनमा भएको अभूतपूर्व जनसहभागिताको कुरामा आफ्नो दलले कुनै प्रश्न नउठाएको प्रस्ट्याएका छन । giriraj-mani-pokhrel
महोत्तरी जिल्ला निर्वाचन क्षेत्र नं १ बाट संविधानसभा निर्वाचनको प्रत्यक्ष प्रणालीबाट निर्वाचित नेता पोखरेलले आफ्नै निर्वाचन क्षेत्रको सीतापुर बजारमा मतदाताप्रति कृतज्ञता जनाउँदै आपूm संविधान र क्षेत्रको विकास निर्माणका काममा सक्रियतापूर्वक लाग्ने प्रतिबद्धता जनाए ।
यसअघि बुधबार क्षेत्रकै धर्मपुर गाविसका मतदातासँग अन्तक्र्रिया गरेका नेता पोखरेलले महोत्तरी जिल्लामा  बर्सेनि बाढीले पु¥याउने क्षति न्यूनीकरण गर्न आफ्नो ध्यान केन्द्रित भएको बताए ।
आफ्नो दल संविधान निर्माण प्रक्रियामा सहभागिताका लागि तयार रहेको बताउँदै नेता पोखरेलले त्यसका लागि मुलुकले बहुमतीय प्रणाली नभई सहमतीय बाटो अवलम्बन गर्नुपर्ने प्रस्ट्याए । नेता पोखरेलले अब मुलुकमा लोकतन्त्रको विकास र प्रवद्र्धनका लागि बेलायती मात्र नभई अन्य ढाँचाको समेत अध्ययन, खोज र अनुसरणका कुरा उठ्न आवश्यक रहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us