प्रधानमन्त्री बन्ने आकांक्षी अनुहारहरु

काठमाण्डु टुडे २०७० मंसिर ११ गते १४:१३ मा प्रकाशित

काठमाण्डु, मंसिर– दोस्रो संविधानसभाको निर्वाचनमा पहिलो र दोस्रो पार्टी भएपछि काँग्रेस–एमालेभित्र प्रधानमन्त्री पदका आकांक्षीहरु देखिन थालेका छन् । प्रधानमन्त्रीका आकांक्षीहरुमा केही नयाँ केही पुराना अनुहार दुवैको लविङ सुरु भइसकेको छ ।

Madhav-Kumar-nepalमाधव नेपाल

काँग्रेसमा भन्दा एमालेमा आकांक्षीहरु धेरै देखिएका छन् । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल फेरि प्रधानमन्त्री बन्ने दाउमा छन् । पहिलो संविधानसभाको निर्वाचनमा दुवै सथानबाट पराजित हुँदा पनि प्रधानमन्त्री बन्न सफल नेता नेपालले यसपटक झन् दुवै क्षेत्रबाट विजय हासिल गरेका छन् ।

नेता नेपालले आफू विजयी भएकै दिन पार्टीले प्रधानमन्त्रीको लागि पठाएमा आफू तयार रहेको अभिव्यक्ति दिइसकेका छन् । उनको सो अभिव्यक्तिलाई नै आधार मान्दा पनि एमालेबाट प्रधानमन्त्री बन्ने अवस्थामा नेता नेपाल निकै आकांक्षामा रहने पक्का छ ।

Jhalanath-Khanalझलनाथ खनाल

त्यस्तै एमाले अध्यक्ष झलनाथ खनाल पनि दोहोर्‍याएर प्रधानमन्त्री बन्ने आकांक्षामा छन् । सर्लाहीबाट परजित तर इलामबा विजयी अध्यक्ष खनाल पार्टी अध्यक्ष भएको हैसियतबाट पनि वरिष्ठलाई प्रधानमन्त्रीका लाजि जिम्मेवारी दिनुपर्ने पक्षमा छन् ।

उनले पनि इलाममा विजयी हुँदा एमालेले देशको नेतृत्व गर्न सक्ने सम्भावना रहेको औंल्याएका थिए । उनको सो अभिव्यक्तिको आशय एमाले अध्यक्ष प्रधानमन्त्री बन्न सक्ने थियो ।

KP-Oliकेपी ओली

उता झापाबाट विजयी केपी ओली पनि प्रधानमन्त्रीको आकांक्षी हुन् । अघिल्लो निर्वाचनमा पराजय भोग्दै सभासद पनि बन्न नपाएका ओलीलाई प्रधानमन्त्री बन्ने आकांक्षीका महत्वपूर्ण र चतुर खेलाडीका रुपमा लिइएको छ ।

ओली पक्षधर एमाले नेताहरुले प्रधानमन्त्रीको लागि उनको नाम सार्वजनिक रुपमा लिन थालिसकेका छन् । सोमबार मात्रै एमाले नेत्री विद्या भण्डारीले अबको प्रधानमन्त्री केपी ओली हुने बताइसकेकी छिन् । रिपोटर्स क्लबमा आयोजित साक्षात्कारमा भण्डारीले भनेकी थिइन्, ‘अब प्रधानमन्त्री बन्ने पालो एमालेमा केपी ओलीको हो, यसपटक उहाँ प्रधानमन्त्री बन्नुहुन्छ ।’

subash nembangसुवास नेम्बाङ

इलाम–२ बाठ चुनाव जित्नेवित्तिकै राष्ट्रपति पदकै आकांक्षा राखेका सुवास नेम्बाङ पनि एमालेभित्र प्रधानमन्त्री बन्ने लहरमा छन् । आइपरेको अवस्थामा आफू राष्ट्रपतिको पद सम्हाल्न तयार रहेको अभिव्यक्ति दिएका नेम्बाङ अघिल्लो संविधानसभाका अध्यक्ष तथा सभामुख समेत हुन् ।

राष्ट्रपति परिवर्तन गर्ने अवस्थामा राष्ट्रपति पदको दाउमा रहेका नेम्बाङ त्यसो नहुने अवस्थामा प्रधानमन्त्रमिा झर्ने तरखरमा रहेको एमाले स्रोतको भनाइ छ । आफू पहिला सभामुख भइ कुशल कार्य सम्पादन गरेको दावी गर्ने उनी प्रधामन्त्रीको लागि हैसियत बनाएको ठान्छन् ।

Sushil_koiralaसुशील कोइराला

उता काँग्रेस ठूलो पार्टी बन्ने पक्का भएकाले काँग्रेसकै नेतृत्वमा सरकार बन्ने आँकलन हुनु स्वाभाविक हो । काँग्रेसको सरकार बन्दा पार्टी सभापति सुशील कोइरालाको नाम सबैभन्दा अगाडि छ ।

अघिल्लो निर्वाचनमा पराजित भइ सभासद बन्न नपाएका कोइरालाले यसपटक दुई स्थानबाट विजयी भएका छन् । पार्टीमा वरिष्ठताका आधारमा र उनकै नेतृत्वमा पार्टी निर्वाचनमा जाँदा विजयी भएको संश्लेषण गरिरहेको काँग्रेसले सभापति नै निर्विकल्प प्रधानमन्त्री रहेको बताउन थालेको छ ।

नेत्री सुजाता काइरालाले सोमबार एक कार्यक्रममा अबको प्रधानमन्त्री सुशील कोइराला भएको घोषणा गर्दै भनेकी थिइन्, ‘अहिलेसम्म कुनै लाभको पद नलिएका काँग्रेस सभापति अबको बन्ने नयाँ प्रधानमन्त्री हो । पार्टी सभापति भएका हैसियतले पनि उहाँ प्रधानमन्त्री बन्नुहुन्छ ।’ तर काँग्रेसमा अरु आकांक्षी भने नभएका होइनन् ।

sher-bahadur-deubaशेरबहादुर देउवा

काँग्रेसबाट पटकपटक प्रधानमन्त्री बनेका वरिष्ठ नेता शेरबहादुर देउवा काँग्रेसको प्रधानमन्त्री बन्ने महत्वपूर्ण व्यक्ति र चतुर खेलाडी हुन् ।

दुई स्थानबाट चुनाव जितेका उनको पक्षमा पार्टीभित्र पूरै एक हिस्सा छ ।

पार्टी एकीकरण हुँदा आएका नेताहरु देउवा प्रधानमन्त्री हुनुपर्ने पक्षमा छन् । अनुभवका आधरमा पनि उनी प्रधानमन्त्री बन्नुपर्ने पक्षका नेताहरुको तर्क छ ।

Ramchandra-Paudelरामचन्द्र पौडेल

रधानमन्त्री बन्न निकै आकांक्षा राखेका काँग्रेस उपसभापति रामचन्द्र पौडेलले अघिल्लो संविधानसभामा पटकपटक प्रधनमन्त्रीको चुनावमा हार बेहोरेका थिए । तिनै हार बिर्सन पनि उनी प्रधानमन्त्री बन्न चाहन्छन् ।

पार्टीले यसअघि नै प्रधानमन्त्रीका लागि आफूलाई पठाएको भन्दै पुनः आफू नै प्रधानमन्त्री बन्नुपर्ने उनको सोझो हिसाब छ । तर पार्टी सभापति प्रधानमन्त्री हुने अवस्थामा उनी चुप बस्ने मनस्थितिमा रहेको स्रोतको दावी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us