सलमान खानले बिग बोस छाड्ने

काठमाण्डु टुडे २०७० मंसिर ११ गते ९:४९ मा प्रकाशित

salaman khanसलमान खान रियालिटी शो बिग बोसको निर्मातासँग खुशी नरहेको समाचारहरु आएका छन् । यही कारण उनले केही समयदेखि अघिल्लो सिजनमा आफूले बिग बोस होस्ट नगर्ने लगातार रुपमा उनले बताउँदै आएका छन् ।

पछिल्लो समयसम्म आइपुग्दा सलमानले शो छाड्ने लगभग पक्का भएको छ । उनी हालको जिग बोसमा गरिएको उलटपुलटदेखि बेखुशी छन् । यसै कारण सलमानले शो छाड्ने मनस्थिति बनाएका हुन् ।

उनको रिसको कारण चने विग बोसमा पुनरागमन गराइएका कुशाल टंडन रहेका छन् । सलमानले कुशालको पुनरागमन चाहेका थिएनन् तर निर्माताले सलमानविरुद्ध गएर कुशाललाई फेरि ल्याए ।

टेलिभिजन च्यानले शोको टिआरपी बढाउनका लागि कुशाललाई फेरि ल्याइएको बताएको छ । सरलमानले कुशाललाई ल्याइसकेपछि पनि निकालन्का लागि निर्मातालाई दवाव दिएका थिए । उनको सल्लाह नमानेपछि अर्को सिजनमा सलमान आफै बाहिरिने भएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us