
मोरङ, ११ मंसिर– संविधानसभा निर्वाचनमा मतदानको समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ ।
विराटनगर– ९ स्थित आर्दश उच्चमाविमा भइरहेको समानुपतिकतर्फको मतगणना मंगलबार बिहान सम्पन्न भएको हो । जम्मा नौ निर्वाचन क्षेत्र मध्येबाट काँग्रेसले मोरङमा ९० हजार ८ सय ६४ मत प्राप्त गरेको छ । एमालेले ८० हजार ३ सय २२ र एकीकृत माओवादीले ४८ हजार ५९ मत प्राप्त गरेको छ ।
अन्य दलमध्ये राप्रपा नेपालले ४६ हजार ४ सय १० फोरम लोकतान्त्रिक २८ हजार ५ सय ५१ र फोरम नेपालले २६ हजार ८ सय ९२ मत प्राप्त गरेको छ । यसैगरी नवनेपाल निर्माण पार्टीले एक हजार १ सय ९९ मत प्राप्त गरेको छ । मोरङमा जम्मा ३७ राजनीतिक दलले उम्मेदवारी मनोनयन गराएका थिए । साना दलले भने कसैकसैले मात्र सयभन्दा बढी मत पाएका छन् ।