विश्वस्तरीय क्यान्सर उपचार नेपालमा

काठमाण्डु टुडे २०७० मंसिर १० गते १३:११ मा प्रकाशित

b & B hospitalकाठमाण्डु–विश्वस्तरीय क्यान्सर उपचार सेवा अब नेपालमा नै उपलब्ध हुने भएको छ ।

भारतको बिएलके र ललितपुरस्थित बि एन्ड बी अस्पतालले संयुक्तरुपमा त्यस्तो सेवा उपलब्ध गराउने घोषणा गरेका छन् । बिएलके अस्पतालका प्रमुख कार्यकारी अधिकृत अभय सेइ र बि एन्ड बी अस्पतालका डा जगदीशलाल वैद्यले यही मङ्सिर ३० गतेदेखि नेपालमा क्यान्सर उपचार केन्द्र सञ्चालन हुने जानकारी दिए ।

बिएन्डबी– बिएलके क्यान्सर केन्द्रले बिरामीलाई औषधि एवम् शल्यचिकित्सा सेवा प्रदान गर्नुका साथै बहिरङ्ग सरसल्लाह, किमो उपचार, उपचारसम्बन्धी योजना र शल्य प्रक्रियासँग सम्बन्धित विषयमा पनि परामर्श दिनेछ ।

बि एन्ड बी– बिएलके क्यान्सर केन्द्र ललितपुरमा उपलब्ध हुने सेवाबाट रोगीहरु उपचारार्थ विदेशिनु नपर्ने र यात्रालगायत आधा खर्च बचत हुने डा वैद्यले पत्रकार सम्मेलनमा बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us