रिजाल र अनुरागीलाई हेम–सरिता पुरस्कार

काठमाण्डु टुडे २०७० मंसिर १० गते ४:३० मा प्रकाशित

Bhola-Rijal-and-BB-Anuragiकाठमाण्डु–अमेरिकाको टेक्सासमा स्थापित हेम–सरिता पाठक एकेडेमीले यस वर्षको ‘हेम–सरिता पाठक साङ्गीतिक पुरस्कार’ वरिष्ठ गीतकार डा. भोला रिजाल र चर्चित युवा सङ्गीतकार बलबहादुर विश्वकर्मा (बिवी अनुरागी)लाई प्रदान गर्ने भएको छ ।

एकेडेमीका प्रमुख सल्लाहकार तथा अमेरिकाका लागि नेपालका महावाणिज्यदूत एवम् वरिष्ठ लोक गायक प्रेमराजा महतको संयोजकत्वमा गठित निर्णायक मण्डलले गीतकार डा. रिजाल र सङ्गीतकार अनुरागीलाई संयुक्त रुपमा यो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

पुरस्कारको राशि एक–एक हजार अमेरिकी डलर रहेको छ । पुरस्कार आगामी वैशाखमा काठमाण्डुमा एक समारोह आयोजना प्रदान गरिने भएको छ ।

नेपाललाई भ्रष्टाचारमुक्त पार्न विशेष अभियान सञ्चालन गर्दै आएको एकेडेमीले विगत तीन वर्षदेखि हरेक वर्ष हेम–सरिता पाठक साङ्गीतिक पुरस्कार प्रदान गर्दै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us