‘निर्वाचन प्रणालीको पुनःमूल्यांकन हुन्छ’

काठमाण्डु टुडे २०७० मंसिर ९ गते १०:४८ मा प्रकाशित

ayodhiकाठमाण्डु, ९ मंसिर–निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले निर्वाचन र मतगणनाको पुनरावलोकन गर्न नसकिने स्पष्ट पारेका छन् । निर्वाचनमा धाँधली नभएको दावी गर्दै उनले मतपरिणामबाट असन्तुष्ट एकीकृत माओवादी लगायत दलहरुले माग गरेजस्तो मतगणना र परिणाममा पुनःमूल्यांकन नहुने जिकीर गरे ।

आइतबार काठमाण्डुमा भएको साक्षात्कारमा आयुक्त यादवले भने, ‘हामीले गरेको निर्वाचनको मतदान, मतगणना र परिणाम घोषणामा अब कुनै सम्झौता हुँदैन ।’ उनले निर्वाचन प्रणाली र निर्वाचन व्यवस्थापनका पक्षमा भने पुनः मूल्याङ्कन गरिने धारणा राखे । ‘निर्वाचनमा हामीले के गर्‍यौं, कसरी गर्‍यौं, कहाँ कमजोरी भयो, त्यसलाई आगामी दिनमा कसरी सुधार गर्ने भन्ने पाटोबाट आयोगले गरेको कामको मात्र अब मूल्यांकन गरिने छ,’ आयुक्त यादवले भने । मतदान, मतगणनालगायत विषयमा आयोगले गरेको व्यवस्थापन र  प्रक्रिया अत्यन्तै उच्चस्तरको भएकाले विश्वसनीयताका साथ काम सम्पन्न भएको उनको जिकिर थियो ।

आयुक्त यादवले निर्वाचन निष्पक्ष र स्वतन्त्र भएकाले जनादेशको पालना गरेर राष्ट्र र जनताको समृद्धिका लागि काम गर्नेतर्फ अघि बढ्न सबै राजनीतिक दललाई आग्रहसमेत गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us