
काठमाण्डु, ९ मंसिर– इरानको आणविक हतियार निर्माण रोक्ने सम्वन्धमा जेनेभामा सम्झौता भएको छ । सम्झौताको विस्तृत विवरण भने सार्बजनिक गरिएको छ । तर, पनि आणविक हतियार निर्माण प्रक्रियालाई रोक्न विश्वका ६ शक्ति राष्ट्र र इरानबीच सहमति भएको बीबीसीले जनाएको छ ।
इरानको आणविक हतियार निर्माणमा रोक लगाउने सम्वन्धि सम्झौतामा अमेरिका, रुस, बेलायत, चीन, फ्रान्स र जर्मनी तथा इरानले सम्झौतामा हस्ताक्षर गरेका हुन् । सो विषयमा ति देशहरुबीच स्वीजरल्याण्डको जेनेभामा वार्ता भैरहेको थियो ।