कैलालीमा समानुपातिक मतगणना सुरु

काठमाण्डु टुडे २०७० मंसिर ८ गते १३:३४ मा प्रकाशित

धनगढी, ८ मसिर– कैलालीमा संविधानसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणना आज मध्याह्नदेखि सुरु भएको छ ।

कैलालीका ६ निर्वाचन क्षेत्रमा तीन लाख ३३ हजार ६०१ मतदाताका साथै निर्वाचन कर्मचारी, प्रहरी र नेपाली सेनासमेत थप पाँच हजारले समानुपातिक निर्वाचनमा मतदान गरेका छन् ।

मुख्य निर्वाचन अधिकृत यज्ञराज भट्टले समानुपातिक निर्वाचनको मत परिमाण आउन तीन÷चार दिन लाग्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us