प्रचण्डकै हातमा फेरी पनि राजनीतिक कमाण्ड

काठमाण्डु टुडे २०७० मंसिर ८ गते ८:१२ मा प्रकाशित

काठमाण्डु मंसिर–संबिधानसभा निर्वाचनको परिणाम घोषणा भइरहँदा सबै भन्दा उत्साहित एमालेका नेता कार्यकर्ता देखिन्छन,त्यसपछि काँग्रेसका नेता कार्यकर्ता खुसी देखिन्छन । निराशामा रहेका एकीकृत माओवादीका नेता तथा कार्यकर्तालाई पुन गतिशिल गराउने निर्णय गर्न सो पार्टीका शिर्ष नेताहरुले योजना बनाएका छन । prachanda 2
संबिधानसभा निर्वाचनको मतगणना प्रक्रियाबाट बाहिरिएको एकीकृत माओवादीले आगामी राजनीतिक भबिश्य निर्धारण गर्न बैठक बोलाएको छ । बैठकले संबिधानसभा निर्वाचनमा भएको धाँधली र षडयन्त्रको समीक्षा गरी आगामी राजनीतिक कार्यदिशा तय गरिने अध्यक्ष प्रचण्डले काठमाण्डु टुडेलाई बताए । प्रचण्डले भने‘संबिधानसभा निर्वाचनमा भएको षडयन्त्रलाई परास्त गर्न जनतामा जाने निर्णय लिइनेछ ।’ एकीकृत माओवादीले पोलिटव्यूरोको बैठकपछि केन्द्रीय समितिको बैठक बोलाउनेछ ।
एक नेताका अनुसार निर्वाचन प्रक्रियामा भएका धाँधलीपूर्ण र षडयन्त्रका ‘गेम प्लान’का प्रमाण प्राप्त भएपछि नयाँ रणनीति बनाउन सजिलो भएको छ । ती नेताले भने ‘प्राविधिक रुपमा हामी हारेर पनि राजनीतिक रुपमा जित्दैछौ,काँग्रेस एमाले प्राविधिक रुपमा जितेर पनि राजनीतिक रुपमा हार्दैछन ।’ ती नेताका अनुसार एकीकृत माओवादीका अध्यक्ष प्रचण्डसँग र राष्ट्रपति डा रामवरण यादवको भेटवार्ता,भारत,चीन र यूरोपेली मुलुकका राजदुतले प्रचण्डसँग भेटेर दिएका अभिव्यक्तिका आधारमा राजनीतिक कमाण्ड फेरी पनि एमाओवादी र त्यसका नेताकै हातमा पुगेको बुझन कठिन छैन ।
निर्वाचनमा धाँधली र षडयन्त्र भएको आरोप लगाउँनेमा एकीकृत माओवादी एक्लो रहेन,मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव ,संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राई,सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो हुँदै अगाडि बढेको छ । संबिधानसभा भित्र भन्दा बाहिर रहनेको जनमत बढदै जान थालेको छ । संबिधानसभा निर्वाचन बहिस्कार गरेको मोहन बैद्यको नेतृत्वमा रहेको ३३ दलीय मोर्चा र निर्वाचनमा धाँधली र षडयन्त्र भएको आरोप लगाउने  वीच गठबन्धन बन्न धेरै दिन कुुर्नु पर्दैन ।
संबिधानसभा बाहिर रहनेका एजेण्डा सम्बोधन नगरी प्राविधिक रुपमा दुई तिहाई पुरयाएर संबिधान जारी गरिएको अवस्थामा त्यो संबिधान दिगो हुने अवस्था देखिदैन । संबिधानसभा भन्दा बाहिर रहने राजनीतिक दल र नेताको नेतृत्व फेरी पनि एकीकृत माओवादी र त्यो पार्टीका अध्यक्ष प्रचण्डले गर्दैछन । एकीकृत माओवादीको बैठकले लिने निर्णयले नयाँ गठबन्धन बन्ने ती नेताले बताए । उनी भन्छन‘फेरी पनि राजनीतिक कमाण्ड प्रचण्डकै हातमा हुनेछ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us