अभिनेत्री श्रुती हसनमाथि आक्रमण

काठमाण्डु टुडे २०७० मंसिर ५ गते २:४६ मा प्रकाशित

Shruti-Hasanकाठमाण्डु । बलीउड स्टार कमल हसन र सारिकाकी छोरी अभिनेत्री श्रुती हसनमाथि आक्रमण भएको छ । मंगलवार विहान एक अज्ञात व्यक्ति घरभित्र छिरेर उनलाई आक्रमण गरेको हो । तर, श्रुतिको बहादुरीका कारण हमलाकारी भाग्न बाध्य भयो ।

अभिनेत्री श्रुतीलाई चोटपटक भने लागेको छैन । उनले प्रहरीमा कुनै उजुरी नदिएकोले घटनालाई शंकास्पद मानिएको छ । उनका आफन्तहरुबाट यसबारी जानकारी पाएको भारतीय सन्चार माध्यमले जनाएका छन् ।

बादरास्थित अपार्टमेन्टको ढोकाको घन्टी बजेको र उनले ढोका खोल्नासाथ एक व्यक्तिले आक्रमण गरेको थियो । ‘त्यो व्यक्तिले श्रुतीको घाँटी थिचेर भित्र धकेल्न थाल्यो । अभिनेत्री श्रुतीले आफ्नो बचाव गरिन् । त्यो व्यक्तिलाई बाहिर धकेलेर ढोका बन्द गरिन् । उसको हातको कपडा ढोकामा अल्झियो र पछि उ भाग्यो,’ भारतीय अनलाइन संस्करण अमर उज्यालामा खबर छ ।

त्यो हमलाकारी श्रुतिको सन्काहा फ्यान भएको अनुमान गरिएको छ । २७ बर्षीया श्रुतीको बहादुरीको सामाजिक सन्जालमा प्रशंसा भएको छ ।

फिल्म ‘लक’ बाट बलीउडमा आफ्नो करियर शुरु गरेकी श्रुती पछिल्लोपटक ‘रमैया वस्तावैया’ र ‘डी–डे’ फिल्ममा देखिएकी थिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us