
काठमाण्डु, ५ मंसिर –लेबनानको राजधानी बेरुतस्थित इरानी दूतावासमा अलकायदाले गराएको श्रृङ्खलाबद्ध बम विष्फोटमा २२ जना मारिएका छन् । १५० भन्दा बढी घाइते भएका छन् । मोटरसाइकल र कारमा आएका आत्मघाती आक्रमणकारीले विष्फोट गराएको अन्तराष्ट्रिय सन्चार माध्यमले जनाएका छन् । घटनामा दूतावासका कर्मचारी भने जोगिएका छन् ।