इन्डोनेसियामा चार चिनियाँ पर्यटकको मृत्यु

काठमाण्डु टुडे २०७० मंसिर ४ गते ८:५३ मा प्रकाशित

उलुवातुवा (इन्डोनेसिया), ४ मङ्सिर– इन्डोनेसियाको बाली प्रान्तमा सोमबार भएको बस दुर्घटनामा परी चार जना चिनियाँ पर्यटकको ज्यान गएको छ ।
सो दुर्घटनमा परी चारजना चिनियाँ पर्यटकसहित ६ जनाको ज्यान गएको छ । सो दुर्घटनामा बसचालक र पर्यटक पथ प्रदर्शक गरी दुई इन्डोनेसियाली नागरिक पनि मारिएका छन् ।
चिनियाँ पर्यटक बोकेको सो बस सडकबाट तल खसेर दुर्घटनाग्रस्त भएको थियो । उक्त दुर्घटनमा परी अरु तीनजना घाइते भएका छन् ।
दक्षिणी बालीमा रहेको उलुवातु नामको एक प्रसिद्ध मन्दिरनजिकै सो बस दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ ।
बसको इन्जिन अकस्मात फेल भएर सडकबाट तल करिब १५ मिटर खोँचमा खसेको बताइएको छ । इन्डोनेसियामा रहेको चिनियाँ कन्सुलर कार्यालयले सो दुर्घटनामा परेका तीनजनाको सोमबार घटनास्थलमै ज्यान गएको र एकजनाको आज अस्पतालमा मृत्यु भएको जनाएको छ । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us