भोट हाल्न स्वदेश फर्कनेको लर्को

काठमाण्डु टुडे २०७० मंसिर ३ गते १४:१९ मा प्रकाशित

election-voteबर्दिवास, ३ मंसिर– महोत्तरी जिल्लाको भारतीय सीमावर्ती नाका हुँदै आफ्नो गाउँ पस्ने युवाको अहिले लामो लर्को देखिएको छ । मङ्गलबार हुने संविधानसभा निर्वाचनमा मतदान गर्न आपूm कार्यरत भारतका विभिन्न सहरबाट घर फर्केका युवाको अहिले लामो लर्को देखिएको सीमा क्षेत्रका बासिन्दाले बताएका छन् ।

मंगलबार मतदान गर्न फर्केका युवा पछिल्लो एक सातादेखिको यातायात बन्दले गर्दा सीमा क्षेत्रबाट पैदल नै घरतर्फ लागेका छन् । शुक्रबार जिल्लाको भारतीय सीमावर्ती नाका सम्सी पुगेका ५०÷५५ सङ्ख्याका युवा आज बिहानै आ–आफ्नो घरतर्फ लागेका सम्सीबजारमा पान पसल सञ्चालन गर्दै आएका रविशङ्कर तमोलीले बताए ।

अहिले निर्वाचनका लागि मुलुक भित्रिनेमा अधिकांश २० देखि ३० वर्ष उमेर समूहका युवा देखिएका छन् । जिल्लाको सुदूर उत्तरी क्षेत्रसम्मका गाउँ फर्केका युवाको यातायात बन्दले आफूलाई घर पुग्न निकै अप्ठ्यारो भएको गुनासो छ । काम गरेको ठाउँ भारतको सुरतबाट छुट्टी लिएर मतदान गर्न घर फर्केको आफूलाई सम्सीबाट घर आइपुग्न दुई दिन लागेको भर्खरै गाउँ पुगेका बर्दिवास–४ का रामवीर सहनीले बताए ।

जिल्लाको सम्सीसँगै खैरबनी, इटहर्वाकट्टी, मटिहानी, बथनाहा र मुख्य नाका भिट्ठामोर हुँदै पछिल्ला दिनदेखि दैनिक सालाखाला १५० सङ्ख्याका युवा घरतर्फ लागेका देखिएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय महोत्तरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us