ललितपुरका तयारी पूरा

काठमाण्डु टुडे २०७० मंसिर ३ गते ११:२५ मा प्रकाशित

ललितपुर, ३ मंसिर– तीनवटा निर्वाचन क्षेत्र रहेको  ललितपुर जिल्लामा संविधानसभाको निर्वाचनका लागि सबै तयारी पूरा भएको छ । सबै मतदान केन्द्रका मतदान अधिकृत र सहायक मतदान अधिकृतले सम्बन्धित स्थानमा आवश्यक सामग्री पु¥याइसकेको मुख्य निर्वाचन अधिकृत टेक नारायण कुँवरले जानकारी दिए ।

अधिकांश मतदान अधिकृतले आ–आफ्ना मतदान केन्द्रमा सर्वदलीय बैठक गरेर निर्वाचनका काम कारबाही अघि बढाएको जानकारी प्राप्त भएको उनले उल्लेख गरे । अहिलेसम्म कहीँबाट पनि कुनै समस्या भएको खबर नआएको, संवेदनशील क्षेत्र अनुमान गरिएका केही स्थानमा विशेष सुरक्षा व्यवस्था मिलाइएको, जिल्ला निर्वाचन अधिकृतको कार्यालय रहेको जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण केन्द्रमा नै तीनवटै क्षेत्रको मतगणनाको व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृत कुँवरले बताए ।

क्षेत्र नं २ र ३ को मतगणना बेलुका मतपेटिका आइपुग्ना साथ थालिने तर दुर्गमक्षेत्र मानिएको क्षेत्र नं ३ को मतपेटिका ढिला आइपुग्ने भएकाले बुधबार बिहान मात्र मतगणना प्रारम्भ गर्न सकिने सम्भावना रहेको उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us