झापामा अन्तर्राष्ट्रिय पर्यवेक्षक

काठमाण्डु टुडे २०७० मंसिर ३ गते ९:२० मा प्रकाशित

भद्रपुर, ३ मंसिर । संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा अन्तर्राष्ट्रिय र राष्ट्रिय पर्यवेक्षक टोलीले झापामा व्यापक रुपमा निर्वाचनको तयारीको अनुगमन सुरु गरेको छ ।

जिल्लाको सातवटै निर्वाचन क्षेत्रमा अनुगमनका लागि अन्तर्राष्ट्रिय पर्यवेक्षकका रुपमा युरोपियन युनियनको टोली र द कार्टर सेन्टरले स्वीकृति लिएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । ती दुइटै संस्थाका पर्यवेक्षकले अनुगमन कार्य सुरु गरिसकेका छन् ।

यसका साथै राष्ट्रिय पर्यवेक्षकमा जियोक संस्थाका ४४, नियोक संस्थाका २५१ जना निर्वाचन पर्यवेक्षक समितिको ६ जना र तराई निर्वाचन पर्यवेक्षक मञ्चको नौ जनाले निर्वाचनको अनुगमन अनुमति प्राप्त गरेका हुन् । ती संस्थाका प्रतिनिधिले निर्वाचनको वस्तुस्थिति बुझ्न विभिन्न मतदान केन्द्रमा पुग्ने बताएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us