चीनमा दुई प्रहरीसहित ११ जनाको मृत्यु

काठमाण्डु टुडे २०७० मंसिर २ गते १५:५९ मा प्रकाशित

बेइजिङ, २ मङ्सिर–चीनको समस्याग्रस्त सिन्जियानमा एक प्रहरी केन्द्रमा भएको आक्रमणमा ११ जनाको मृत्युभएको छ । सिन्ह्वा समाचार संस्थाले स्थानीय अधिकारीलाई उद्धरण गरी दिएको समाचार अनुसार     सेरिक्बुया नगरमा शनिबार भएको यस घटनामा नौ आक्रमणकारी तथा दुई प्रहरी अधिकारीको मृत्युभएको छ । सिन्ह्वाले आक्रमणकारीसँग चक्कु तथा बन्चरो भएको र अन्य दुई प्रहरी अधिकारी पनि घाइते भएको उल्लेख गरेको छ । यस विषयमा थप जानकारी दिइएको छैन । रासस÷एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us