मतदाता परिचयपत्र वितरण सोमबार पनि

काठमाण्डु टुडे २०७० मंसिर २ गते १४:२६ मा प्रकाशित

निर्वाचन आयोगले मतदाता परिचयपत्र वितरणको समय एक दिन थप गरेको छ । यसअघि आइतबारसम्म परिचयपत्र लिन आग्रह गरेको आयोगले एक दिन थप गरेर मंसिर ३ गते सोमबार पनि लिन सक्ने जनाएको हो ।

आयोगको नियमित पत्रकार भेटघाटमा मतदानको तयारीको काम र सञ्चालनमा कुनै प्रकारको व्यवधान वा कठिनाई नहुने गरी मंसिर ३ मा पनि वितरण गर्न सक्ने गरी व्यवस्था मिलाउन मतदान अधिकृतहरुलाई सूचित गरेको निर्वाचन आयुक्त रामभक्त पी.बी. ठाकुरले जानकारी दिए ।

विदेशी चासो

मंसिर ४ गते हुने संविधानसभा चुनावको अवलोकनका लागि १२ वटा देशका निर्वाचन अधिकारीहरु काठमाण्डु आइपुगेका छन् । निर्वाचन आयोगको आमन्त्रणमा अफगानिस्तान, माल्दिभ्स, भुटान, बंगलादेश, श्रीलंका, भारत, कोरिया, थाइल्याण्ड, अष्टे«लिया, जापान, बेलायत र कार्टर सेन्टर गरी २७ जना नेपाल आइपुगेको आयोगले जनाएको छ । त्यस्तै नेपालमा रहेका विदेशी राजदुतहरुले पनि चुनावको अनुगमन गर्नेछन् ।

यसरी अवलोकन गर्न जाने राजदुतमा अस्ट्रेलिया, चिन, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, जर्मनी, भारत, इजरायल, जापान, नर्वे, रसिया, श्रीलंका, स्विटजरल्याण्ड, वेलायत, अमेरिका र यूरोपिएन यूनियनका राजदुत तथा संयुक्त राष्ट्र संघका नेपाल स्थित प्रतिनिधिसमेत रहनेछन् । राष्ट्रिय पर्यवेक्षक संस्थाहरुमध्ये नियोकले २६ र केओफले ८ जना अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुसमेत आयोगको अनुमति अनुसार परिचालन गरेको छ । कार्टर सेन्टरका प्रमुखको साथमा थाईल्याण्डका पूर्व उपप्रधानमन्त्री सुराकिराट सतैराथाई  र म्यानमारका निर्वाचन आयुक्त यु विइन केइ पनि निर्वाचन अवलोकनका लागि आएका छन् ।

३ सय ६४ वटा आचारसंहिता उल्लंघन

निर्वाचन आयोगले अहिलेसम्म विभिन्न पक्षबाट एक सय ८७ वटा आचार साहिताका घटना भएकोमा १ सय ४४ वटालाई कारवाही गरेको र ४३ वटालाई कारावाही गर्न नपरेको निर्वाचन आयुक्त रामभक्त पी.वी. ठाकुरले जानकारी दिए ।

aayog 1

aayog 2

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us