गुरु नानकको जयन्ती आज

काठमाण्डु टुडे २०७० मंसिर २ गते २:३० मा प्रकाशित

Guru-Nanakकाठमाण्डु, २ मंसिर– शिख धर्मका प्रवर्तक गुरु नानकको जयन्ती आइतबार मनाईंदै छ । शिख धर्मामलम्वीले गुरु नानकको सम्झनामा भजनकीर्तन, प्रवचन, भोजन दान लगायत कार्यक्रम आयोजना गरेका छन् । जयन्तीको अवसरमा ललितपुरको कुपण्डोल, काठमाण्डुको बालाजु लगायत स्थानमा विशेष कार्यक्रम आयोजना गरिएको छ ।

हरेक बर्षको कात्तिक शुक्ल पूर्णिमका दिन शिख धर्मामलम्वीहरुले गुरु नानकको जयन्ती मनाउने गर्दछन् । नेपालमा शिख धर्मको प्रवेश झण्डै एक सय ५० बर्ष अघि भएको मानिन्छ । नेपालयात्रको क्रममा गुरु नानकले काठमाण्डुको बालाजुमा एक बर्ष विताएका थिए । हिन्दू र मुसलमानबीचको द्वन्द्व अन्त्यका लागि गुरुनानकले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । त्यसपछि यसलाई धर्मको रुपमा ग्रहण गर्न थालिएको विश्वास छ ।

गुरु नानकका देश प्रेम, दया र दीनदुःखीको सेवालगायतका महामन्त्रलाई उनको निधन पश्चात अनुसरण गर्नेको संख्या बढ्दै गएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us