एकै दिन ११ वटा सभामा प्रचण्डले भने-जनतालाई विजयी गराउन एमाओवादीलाई मतदान

काठमाण्डु टुडे २०७० कार्तिक २९ गते १८:०५ मा प्रकाशित

काठमाण्डु,२९ कात्तिक–संविधानसभा निर्वाचनको मिति नजिकिदै गरेको बेला एकीकृत नेकपा(माओवादी)ले शुक्रबार मात्रै काठमाण्डु उपत्यकाका ११ स्थानमा चुनावी सभा गरेको छ ।
एमाओवादीद्वारा घोषित नेवाः राज्य समितिका संयोजक झक्कुप्रसाद सुवेदीका अनुसार शmुत्रवार मात्रै काठमाण्डु उपत्यकाका ११ स्थानमा चुनावी सभा भएका छन । Prachanda  @ basantapur
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल शङ्खमुल, नयाँ बानेश्वर क्षेत्रमा एमाओवादी काठमाण्डु निर्वाचन क्षेत्र नं १ ले आयोजना गरेको चुनावी ¥यालीमा सहभागी भए भने काठमाण्डु क्षेत्र नं १० ले आयोजना गरेको नागरिक सम्वादमा पनि सहभागी भए । यसैगरी उनी सोही निर्वाचन क्षेत्रअन्तर्गत थानकोटमा आयोजित जनसभामा सहभागी भ एभने काठमाण्डु निर्वाचन क्षेत्र नं ८, क्षेत्र नं ९ ले क्रमशः बसन्तपुर र कलंकीमा आयोजित जनसभामा पनि सहभागी भए ।
यस्तै ललितपुरको क्षेत्र नं २ को लुभुमा आयोजित जनसभालाई सम्ंवोधन गर्दै अध्यक्ष दाहालले समग्र राष्ट्रको जिम्मेवारी एमाओवादीले मात्र लिनसक्नेमा जोड दिए ।
पटक–पटकका उपलब्धी संस्थागत गर्न र नयाँ संविधान निर्माण गरेर सबै नेपाली जनताको अधिकार सुनिश्चित गर्न पनि एमाओवादीलाई भोट दिनुको विकल्प नभएको उनले बताए । कार्यक्रममा सो क्षेत्रका उम्मेदवार सरोज सिंह डंगोलले एमाओवादी पार्टी जनताको पार्टी भएकाले विजयी हुने दाबी गरे । क्षेत्र नं ३ को सातदोबाटोमा आयोजित सभालाई सम्वोधन गर्दै अध्यक्ष दाहालले जनतालाई अधिकार सम्पन्न बनाउन आफ्नो पार्टीलाई मतदान गर्न आग्रह गरे ।     कार्यक्रममा ललितपुर क्षेत्र नं ३ का उम्मेदवार दिनेश महर्जनले पनि सम्बोधन गरेका थिए ।
एमाओवादी अध्यक्ष दाहाल काठमाण्डु क्षेत्र नं २ को कोटेश्वर, क्षेत्र नं ४ ले सिफल चौर तथा भक्तपुर क्षेत्र नं २ मा आयोजना गरेको जनसभामा पनि सहभागी भए ।
काठमाण्डु क्षेत्र नं ४ ले आयोजना गरेको सभालाई सम्बोधन गर्दैै अध्यक्ष दाहालले निर्वाचनमा एमाओवादीलाई बहुमत दिन आग्रह गरे । उनले नेपाली जनताको पक्षमा आफ्नो पार्टीले काम गर्न खोजे पनि आफ्नो पार्टीको पूर्ण बहुमत नभएका कारण काम गर्न नसकिएको दाबी गरे । क्षेत्र नं ४ का उम्मेदवार नन्दकिशोर पुनले आफू सधैँ जनताको साथमा रहने र सुख, दुःखमा साथ दिने प्रतिबद्धता व्यक्त गरेका थिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us