७२ घन्टा नाका बन्द

काठमाण्डु टुडे २०७० कार्तिक २९ गते ११:०६ मा प्रकाशित

इलाम, २९ कात्तिक– आगामी मंगलबार हुने संविधानसभा निर्वाचनलाई दृष्टिगत गर्दै इलामको पूर्वी नाका ७२ घन्टाका लागि बन्द गरिने भएको छ । जिल्ला सुरक्षा समितिले निर्वाचन सुरु हुनुअघि पूर्वी सीमावर्ती नाका बन्द गर्न लागेको हो ।

प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा समितिका अध्यक्ष बाबुराम खतिवडाले निर्वाचनमा सीमावर्ती क्षेत्रबाट अवैध क्रियाकलाप हुन नदिन नाका बन्द गरिने बताए । भारतसँग सीमा जोडिएका पशुपतिनगर, श्रीअन्तु, जिर्मले, जोगमाई, गोर्खे, मावु, माइमझुवालगायतका गाविसका नाका आइतबार देखि नै बन्द गरिने खतिवडाले बताए ।

निर्वाचनलाई भयरहित र स्वच्छ बनाउने उद्देश्यले सीमा नाका बन्द गरिने भएको खतिवडाले जानकारी दिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us