‘सुनगाभा’ दोहोर्‍याएर हलमा लाग्ने, नाटकघरमा पनि फिल्म

काठमाण्डु टुडे २०७० कार्तिक २९ गते १०:४५ मा प्रकाशित

काठमाण्डु– समलिंगी प्रेम कथा बोकेको फिल्म ‘सुनगाभा’ नेपाली हलहरमा दोहोर्‍ याएर प्रदर्शन हुने भएको छ । १० महिनाअघि प्रदर्शनमा आइसकेको फिल्मको माग अहिले बढेको भन्दै दोहोर्‍ याएर प्रदर्शनमा ल्याउन लागेको हो ।

ओस्कारमा नेपालका तर्फबाट छनोट भएपछि हेर्न छुटाएका नेपाली दर्शकले हर्न चाहेको भन्दै प्रदर्शन गर्न लागेको निर्देशक सुवर्ण गापाले बताए । फिल्मको नेपाल वितरक आइकोर इन्टरटेमन्टले सुनगाभालाई नाटक घरमा समेत प्रदर्शन गर्ने बताएका छन् ।

अनामनगस्थित मण्डला नाटक घर मल्टिप्लेक्स हलहरुमा सुनगाभालाई पुनः प्रदर्शन गर्ने तषरी वितरकले गरिरहेको छ । २० दिनका लागि पुनः प्रदर्शन गर्ने तयारीका साथ फिल्मको प्रचार–प्रसार सुरु गरेको वितरक प्रज्वल राणाले जानकारी गराएका छन् ।

यसअघि प्रदर्शनमा आउँदा सुनगाभाले खासै व्यापार गर्न सकेको थिएन । त्यतिबेला थोरै हलहरु मात्र पाएको फिल्म छिट्टै हलबाट बाहिरिएको थियो । शैली र शिल्पका हिसाबले प्रशंस कमाएको फिल्म सुनगाभामा दिया मास्के, निशा अधिकारी, सौगात मल्ल, लक्ष्मी गिरी, बसुन्धरा भुसाललगायतको अभिनय छ ।

निर्देशक थापाले यस फिल्मभन्दा पहिले नाटककार सरुभक्तका चर्चित नाटक मलामीलाई फिल्ममा उतारेका थिए ।

soongava_dance_of_the_orchids_nepali_film

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us