तमिल विद्रोहीका आफन्त र व्रिटेनको सन्चार माध्यमलाई कोलम्वो जान रोक

काठमाण्डु टुडे २०७० कार्तिक २८ गते १:५५ मा प्रकाशित

काठमाण्डु, २८ कात्तिक–श्रीलंकामा गृहयुद्धकोबेला बेपत्ता भएका तमिल परिवारका आफन्तहरुलाई राजधानी कोलम्वो जान सरकारले रोक लगाएको छ । कोलम्वोमा आयोजित राष्ट्रमण्डल सम्मेलनमा सहभागी हुन रेलमा चढेर जाँदै गरेकाहरुलाई सरकारी अधिकारीहरुले अनुराधापुर भन्ने स्थानमा रोकेका हुन् ।

साथै युद्ध प्रभावित क्षेत्रमा जान लागेको व्रिटेनको ‘टिभी फोर च्यानल’का सदस्यहरुलाई पनि सरकारले रोकेको बीबीसीले जनाएको छ । ति सर्वसाधारण र टेलिभिजन च्यानलले सरकारबाट परास्त तमिल टाइगर विद्रोहीहरुलाई समर्थन गरेको आरोप सरकारको छ ।

सरकारको यो व्यवहारलाई राष्ट्रमण्डल सम्मेलनमा सहभागी हुन कोलम्वो पुगेका व्रिटेनका विदेशमन्त्री विलियम हेगले आलोचना गरेको समाचारमा उल्लेख छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us