भुवन केसीले भनेः एमाले जितेमात्र गाउँमा बजेट, नत्र…

काठमाण्डु टुडे २०७० कार्तिक २७ गते १३:५३ मा प्रकाशित

काठमाण्डु– नेपाली फिल्मका नायक भुवन केसीले एमालेलाई भोट दिएमात्र गाउँमा बजेट आउने नभए भन्न नसकिने बताएका छन् । उनले भने, ‘एमालेलाई अत्याधिक बहुमतले जिताए मात्र गाविसमा बजेट आउँछ र बजेट पनि बढ्छ । अरुले जितेमा भन्न सकिदैन ।’

एमालेका प्रत्यक्ष उम्मेदवारबाट हटाएपनि समानुपातिक उम्मेदवारको टिकट हात लगाएका केसीले संविधानसभाको चुनावमा नेकपा एमालेलाई विजयी गराउन भन्दै झापाको काँकडभिट्टामा आइपुगेका बेला एमालेले मात्र गाउँ गाउँको बजेट बढाउन सक्ने दाबी गरेका हुन् ।

बुधबार काँकडभिट्टामा निकालिएको बृहत् र्‍यालीपछिको कोणसभालाई सम्बोधन गर्दै नायक केसीले भने, ‘एमालेले बहुमत ल्याएमात्र मुलुकमा संविधान बन्ने र सङ्क्रमणकालीन अवस्थाबाट मुक्त हुने अवस्था सिर्जना हुन्छ ।’

bhuwan-kc

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us