पासाङद्वारा गगनलाई पछार्ने घोषणा

काठमाण्डु टुडे २०७० कार्तिक २७ गते १२:३७ मा प्रकाशित

nanda-kishor-pun-pasang-winकाठमाण्ठु, २७ कात्तिक– संविधानसभा निर्वाचनका लागि काठमाण्ठु–४का एकीकृत नेकपा माओवादीका उम्मेदवार नन्दकिशोर पुन ‘पासाङ’ले आफ्नो विजय सुनिश्चित भइसकेको घोषणा गरेका छन् । पुनले कांग्रेसका उम्मेदवार गगन थापालाई पराजित गर्ने ठोकुवा गरेका हुन् ।

‘गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता लगायतका अग्रगामी संविधान निर्माणको एजेण्डा एमाओवादीको हो, छोटै समयमा समृद्ध नेपाल बनाउनका लागि उत्कृष्ट, यथार्थ र वैज्ञानिक प्रतिवद्धतापत्र एमाओवादीले प्रस्तुत गरेको छ’, नेता पुनले भने ‘एमाओवादी अग्रगामी पक्षधर पार्टी हो । एकीकृत माओवादी र मेरो जितको आधार यही नै हो ।’

चुनावी घरदैलो अभियानका क्रममा सञ्चारकर्मीसँगको कुराकानीमा एमाओवादी उम्मेदवार पुनले काठमाण्डु–४ बाट आफ्नो विजय हुने बताएका हुन् । चुनावी घरदैलो अभियानका क्रममा जनताबाट राम्रो प्रतिक्रिया पाएको उल्लेख गर्दै नेता पुनले आफू असाध्यै उत्साहित भएको बताएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us