महिला कर्मचारी मात्र भएको मतदान केन्द्र कुन हो ?

काठमाण्डु टुडे २०७० कार्तिक २७ गते ११:०० मा प्रकाशित

election nepalपोखरा, २७ कात्तिक– संविधानसभा निर्वाचनका लागि  मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीले क्षेत्र नं ३ को राम निमावि मतदान केन्द्र सिमलचौरमा सबै महिला कर्मचारी खटाएको छ ।

तीन निर्वाचन केन्द्र भएको उक्त मतदान केन्द्रको ‘क’ मतदान केन्द्रको मतदान अधिकृतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सरिताकुमारी खतिवडा र  सहायक मतदान अधिकृतमा क्षेत्रीय कृषि निर्देशनालयकी  जया पौडेल सुवेदी तथा ‘ख’ मतदान केन्दको मतदान अधिकृतमा सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयकी ईश्वरी ढकाल र  सहायक मतदान अधिकृतमा पशु विकास फर्मकी गोमाकुमारी श्रेष्ठ रहेकी छिन् ।

यसरी नै  ‘ग’ मतदान केन्द्रको मतदान अधिकृतमा पश्चिमाञ्चल क्षेत्रीय वन तालिम केन्द्रकी  शान्ता काफ्ले र सहायक मतदान अधिकृतमा पुनरावेदन अदालत पोखराकी सरिता शर्मा सुवेदी खटिनुभएको मुख्य निर्वाचन अधिकृत रामप्रसाद ओलीले बताइन् ।

कार्यालयले ती मतदान केन्द्रमा थप तीन सहायक र दुई  कार्यालय सहयोगीसमेत २१  महिला कर्मचारी खटाएको छ । पोखरा उपमहानगरपालिका वडा नं  ८ मा पर्ने उक्त मतदान केन्द्रमा दुई हजार  ३१२ मतदाता छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us