रामलीला फिल्म प्रदर्शनमा रोक

काठमाण्डु टुडे २०७० कार्तिक २७ गते ४:३६ मा प्रकाशित

ramleelaकाठमाण्डु–भगवान रामलाई अपमान गरेको आरोपमा हिन्दी फिल्म रामलीलालाई रिलिज गर्न अदालतले रोक लगाएको छ । यो फिल्म १५ नोभेम्बरमा रिलीज गर्ने तयारी भैरहेको थियो । तर, नयाँदिल्लीको कडकडडूमा अदालतले रिलिज गर्न बन्देज लगाएको हो । अदालतको आदेशअनुसार यो फिल्म पूरै भारतमा प्रदर्शन गर्न बन्देज भएको छ ।

फिल्मका कतिपय अश्लील दृष्यले हिन्दूहरुको भावनामा ठेस पुर्याएको अदालतको ठहर छ । फिल्मकी नायीका दीपिका पादुकोण र नायक रणवीर सिंहबीचको उत्तेजक दृष्य लगत्तै हनुमानलाई देखाइएको छ । यसैको आधारमा दिल्लीको रामलीला कमिटीले अदालतमा मुद्दा दायर गर्दै फिल्म प्रदर्शनमा रोक लगाउन माग गरेको थियो । यही मद्दामा फैसला सुनाउँदै अदालतले फिल्म प्रदर्शनमा रोक लगाएको हो ।

निर्देशक संजय लीला भंसालीले भने यस फैसला विरुद्ध पुनरावेदन दिन सक्ने छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us