बिग बोस नहेर्न सलमानको उर्दी

काठमाण्डु टुडे २०७० कार्तिक २६ गते १३:५८ मा प्रकाशित

salman-khan-20aभारतीय टेलिभिजन रियालिटी शो बिग बोसका कार्यक्रम प्रस्तोता तथा बलिउड स्टार सलमानलाई दर्शकहरुले  निष्पक्ष नभएको आरोप लगाएका छन् । सामाजिक सञ्जाल ट्विटरमा असंख्य दर्शकहरुले ट्विट गर्दै सलमान खानले प्रतियोगी गौहर खानविरुद्ध निशाना बनाइरहेको आरोप लाएका छन् ।

सलमानले आफूमाथि लागेको आरोपको खण्डन गरेका छन् । उनले ट्विटरबाटै जवाफ दिँदै भनेका छन्, ‘जसले शनिबार र आइतबारको बिग बोस शो राम्रो लागेन, उसले बिग बोस हेर्न छाडिदिए हुन्छ । यस्ता खालका दर्शहरुले शो हेरे समय बर्वाद गर्नुभन्दा अरु जरुरी काम गर्न हिँडे हुन्छ । चुनाव नजिक आएको छ । भोट हाल्नुस, टिभी नहेर्नुस् ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us