मतदाता परिचय–पत्र वितरण गर्न तीन दिनको सयम सीमा

काठमाण्डु टुडे २०७० कार्तिक २५ गते १६:१३ मा प्रकाशित

काठमाण्डु, २५ कातिक–निर्वाचन आयोगले मतदाताको रङ्गीन परिचयपत्र वितरणको लागि तीन दिनको समय सीमा तोकेको छ ।
निर्वाचनको स्वच्छतासँग जोडेर धेरैले अत्यन्त चासोका साथ  हेरेको मतदाता परिचयपत्रको वितरणसम्बन्धी कार्यतालिका आयोगले सार्वजनिक गरेको हो ।
निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावलीमा नाम समावेश भएका मतदाताको रङ्गीन मतदाता परिचयपत्र  कात्तिक २९ गते बिहान ८ बजेदेखि मंसिर २ गते बेलुका ५ बजेसम्म परिचय–पत्र वितरण गर्ने व्यवस्था मिलाइएको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।
आयोगका प्रवक्ता बीरबहादुर राईका अनुसार जिल्ला सदरमुकाम रहेको गाविसको मतदाता परिचयपत्र सम्बन्धित जिल्ला निर्वाचन कार्यालय वा जिल्ला निर्वाचन कार्यालयले उपयुक्त ठह¥याएको जिल्ला सदरमुकामस्थित  सरकारी भवनबाट वितरण गरिनेछ ।
त्यस्ता गाविस÷नपाको हकमा वितरण हुन बाँकी रहेको मतदाता परिचयपत्र जिल्ला निर्वाचन कार्यालयबाट मङ्सिर ३ गते समेत वितरण गर्न सकिने व्यवस्था गरिएको जनाइएको छ ।
जिल्ला सदरमुकाम बाहिरका गाविस र नपा (महानगरपालिका र उपमहानगरपालिका) को हकमा परिचयपत्र वितरण अधिकृतहरु सम्बन्धित मतदान स्थलमा पुगिसकेपछि गाउँ विकास समिति÷नपा वडाको सचिव, मतदान स्थल रहेको विद्यालय वा कार्यालयको प्रमुख,  निर्वाचन शिक्षा कार्यकर्ता, मतदाता शिक्षा स्वयंसेवकसँग आवश्यक परामर्श गरी मंसिर २ गते बेलुका ५ बजेसम्म मतदाता परिचयपत्र वितरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिइसकिएको आयोगले जनाएको छ ।
यस्तो मतदाता परिचयपत्र  वितरणको लागि आवश्यक व्यवस्था मिलाउन सम्बन्धित मतदान केन्द्रको सहायक मतदान अधिकृतलाई जिम्मेवारी दिइने र वितरण गर्दा एकाघरको परिवारको परिचयपत्र एकै जनाले लिनसक्ने आयोगले जनाएको छ ।
परिचयपत्र वितरणको काम मंसिर २ गतेपछि आयोगबाट अर्को व्यवस्था नभएसम्मको लागि स्थगित गर्ने तथा बाँकी रहेका परिचयपत्र वितरणको काम मतदानको काम सम्पन्न भइसकेपछि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयबाट गरिनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us