भेनेजुएली सुन्दरी भइन् मिस युनिभर्स

काठमाण्डु टुडे २०७० कार्तिक २४ गते १०:१७ मा प्रकाशित

भेनेजुएलाका सुन्दरीले यसपटकको ‘मिस युनिभर्स’मा बाजी मारेकी छिन् । विश्वका विभिन्न ८७ देशका सुन्दरीहरुलाई पछि पार्दै भेनेजुएलाका ग्याब्रिला इस्लरले २०१३ को मिस युनिभर्समा आफ्नो नाम लेखाएकी हुन् ।

२५ वर्षीया इस्लर एक कुशल ‘डान्सर’ हुन् । उनी फिल्म तथा टेलिभिजनमा देखिने गरिएकी थिइन् । इस्लरलाई यसअघिका मिस युनिभर्स अमेरिकी सुन्दरी ओलिविया कल्पोले शीरमा ताज पहिर्‍याइदिएकी थिइन् ।

भेनेजुएलाका राष्ट्रपति निकोलस माडुरोले आफ्नो ट्विटरमा इस्लरलाई बधाई दिएका छन् । उनले भेनेजुयलाको नाम आर्को जित दर्ता गराएकोमा खुशी व्यक्त पनि गरेका छन् ।

यस सौन्दर्य प्रतियोगितामा स्पेनका प्यट्रिसिया युरेना राड्रिग्स उपविजेता बनिन् । जसमा इक्वेडरका कास्टाज बेज सेकेन्ड रनर अफ भइन् । यस प्रतियोगितामा अमेरिकाका राक म्युजिशियन स्टिवन टायलरले गरेका थिए ।

miss_universe_venejuela-lady isler

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us