मुशर्रफ नजरबन्दबाट रिहा

काठमाण्डु टुडे २०७० कार्तिक २१ गते ३:५८ मा प्रकाशित

Pervez-Musharrfकाठमाण्डु, २१ कात्तिक–पाकिस्तानी पूर्व राष्ट्रपति परवेज मुशर्रफ नजरबन्दबाट रिहा भएका छन् । मुशर्रफ विरुद्ध चलेका सबै मुद्दामा जमानत स्वीकृत भएपछि उनी रिहा भएको बीबीसीले जनाएको छ । मुशर्रफ कानूनी रुपमा रिहा भएपनि घर बाहिर भने जान पाउने छैनन् ।

बीबीसीका अनुसार उनी कैद गरिएको कोठाबाट बाहिर आएर घरभित्र घुमफिर मात्र गर्न सक्नेछन् । पूर्व सैनिक शासक मुशरफविरुद्ध चलेको चार वटा मुद्दामा अदालतले जमानत दिएपनि देश छाड्न रोक लगाएको छ । प्रहरीले मुशर्रफको सुरक्षाको जिम्मेवारी लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us