‘आई लभ यू’ भन्यो भने थाहा पाउनुस्, ऊ झूठ बोल्दैछ

काठमाण्डु टुडे २०७० कार्तिक २१ गते ३:४१ मा प्रकाशित

relatioshipकाठमाण्डु–सेक्स गर्नेबेला यदी कोही पुरुषले आफ्नो पार्टनरलाई ‘आई लभ यू’ भन्यो भने थाहा पाउनुस् ऊ झूठ बोल्दैछ । यो दावी हो हालै गरिएको एक अध्ययनको । पछिल्लो अध्ययनको अनुसार २५ दशमलव ४ प्रतिशत पुरुष अन्तरंगको क्रममा झूठो माया दर्शाउँछन् । जबकी ६ दशमलव १ प्रतिशत महिलाले यसलाई साँच्चीकै ठान्छन् । ‘द सन्डे टेलिग्राफ’ले गरेको सर्भेले यस्तो निष्कर्ष निकालेको हो ।

सर्भेबाट अरु पनि अचम्म लाग्दा तथ्य फेला पारेका छन् । जस अनुसार ८ दशमलव ९ प्रतिशत पुरुष र ८ दशमलव ६ प्रतिशत महिलाले सेक्स गर्न दवाव दिने गरेको स्वीकारेका छन् । पछि उनीहरुले आफ्नो पार्टनरसँग माफी माग्ने गरेका छन् ।

सर्भेमा यो कुरा पनि उजागर भएको छ की अधिकांश युवा १७ बर्षकै उमेरमा आफ्नो भर्जिनिटी समाप्त गर्छन् । साथै करिब ४० दशमलव ३ प्रतिशतले वन–नाइट–स्टेन्ड गरिसकेका हुन्छन् ।

सर्भेका अनुसार आफ्नो अन्तरंग पलबारे खुलेर भन्नेमा पुरुषहरु नै अघि छन् । आफ्नो यौन सम्वन्धबारे अरुलाई जानकारी गराउनेहरुमा पुरुषको संख्या ७८ दशमलव ५ प्रतिशत छ । सर्भेमा भाग लिएका आधा भन्दा धेरैले पार्टनरको अलिकति मात्र संकेत पाउनासाथ नचाहँदा नचाहँदै पनि अघि बढ्ने गरेको बताएका छन् । यसो गर्नेमा पनि धेरै पुरुषहरु नै छन् । –एजेन्सीको सहयोगमा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us