जर्मनीको जासूसी बेलायतले पनि गरेको खुलासा

काठमाण्डु टुडे २०७० कार्तिक २० गते ३:१७ मा प्रकाशित

काठमाण्डु, २० कात्तिक–अमेरिकी जासूसीका कारण रुष्ट रहेको युरोपेली मुलुक जर्मनीको अब अर्को युरोपी मुलुक बेलायतले पनि जासूसी गरिरहेको खुलासा भएको छ । बेलायती दूतावासको भवनको छानामा बिशेष उपकरण जडान गरी बेलायतले जर्मनीको जासूसी गरिरहेको खबर बेलायतबाट प्रकाशित इन्डिपेन्डेन्ट पत्रिकाले खुलासा गरेको हो ।

खबर सार्वजनिक भएलगत्तै अन्तराष्ट्रिय कानूनबिपरीत जासूसी गरिएको भन्दै जर्मनीले बेलायतसँग स्पष्टीकरण मागेको छ । जर्मन विदेश मन्त्रालयले जर्मनीमा रहेका बेलायती राजदूतसँग जासूसी प्रकरणबारे जवाफ मागेको हो । बेलायतले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।

बेलायतले पनि जर्मनीको जासुसी गरिरहेको खबर सार्बजनिक भएपछि विश्वभर सनसनी मच्चिएको छ । यसअघि जर्मन चान्सलर एन्जेला मर्केलको फोन रेकर्ड गरी अमेरिकाले जासूसी गरेको खुलासा भएको थियो । – एजेन्सीको सहयोगमा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us