अस्थायी परिचयपत्र केहीदिनमै वितरण सुरु

काठमाण्डु टुडे २०७० कार्तिक १८ गते १२:५४ मा प्रकाशित

काठमाण्डु, कात्तिक–अर्काे संविधानसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगले तस्बिरसहितको अस्थायी मतदाता परिचयपत्र वितरण केहीदिनभित्रबाट सुरु हुने जनाएको छ ।
आयोगले यही कात्तिक १० गतेदेखि परिचयपत्र छपाइ सुरु गरेको हो । सो अस्थायी परिचयपत्रमा अघिल्तिर मतदाता विवरण र अर्काेपट्टि मतदातालाई मतदानका लागि आयोगबाट आह्वान गरिएको विवरण उल्लेख गरिएको विवरण हुनेछ ।
विविध कारणले गर्दा अयोगले परिचयपत्र छपाइको कार्य आफँैले ढिलो गरी सुरु गरेको थियो । आयोगका प्रवक्ता वीरबहादुर राईले छपाइ कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए । उनले छपाइ कार्य दु्रत गतीमा भइराखेको र छपाइ सम्पन्न भएका जिल्लाका परिचयपत्र सम्बन्धित जिल्लामा पठाउन प्याकिङ पनि भइराखेको जानकारी दिए ।
परिचयत्र केहीदिनभित्रदेखि वितरण गर्न सुरु गरिने र मतदानको अघिल्लो दिनसम्ममा सबै मतदाताको हात हातमा पु¥याउने आयोगको तयारी रहेको छ । वितरणका लागि समय कम भएकाले निर्वाचन शिक्षा तथा मतदाता शिक्षा स्वयम्सेवक, २४० निर्वाचन अधिकृत, जिल्ला निर्वाचन कार्यालय र मतदानका दिन मतदानस्थलबाटै सो परिचयपत्र वितरण गरिने व्यवस्था मिलाउन लागेको बताइएको छ ।
आयोगले अर्काे संविधानसभाको निर्वाचनका लागि ६१ लाख ६६ हजार ८२९ महिला, ५९ लाख ८० हजार ८८१ पुरुष र १५५ तेस्रोलिङ्गी मतदाता गरी कुल एक करोड २१ लाख ४७ हजार ८६५ जना मतादाता रहेको जनाएको छ ।
अर्काेतर्फ निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि ६ हजार १२८ र समानुपातिक निर्वाचनका लागि ११ हजार तीन जनाले उम्मेदवारी दिएका छन् ।
    निर्वाचन सामग्री जिल्ला जिल्लामा पुग्न थाले
निर्वाचनका लागि आवश्यक विभिन्न प्रकारका निर्वाचन सामग्री जिल्ला जिल्लामा पुग्न थालेको छन् । निर्वाचनका लागि मतपत्र, मसीलगायत ५५ भन्दा बढी सामग्री आवश्यक हुने निर्वाचन अयोगले जनाएको छ । मतपत्र छपाइको कार्य समाप्त गरी ती सामग्री सम्बन्धित जिल्ला जिल्लामा पुग्न थालेका आयोगका प्रवक्ता राई जानकारी दिए ।
आयोगले आगामी संधिवानसभा निर्वाचनमा समानुपातिक निर्वाचनका लागि एक करोड ४९ लाख ५२ हजार र सोही सङ्ख्यामा पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि मतपत्र आयोगले छपाइ गरेको छ । आयोगका प्रवक्ता राईले पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि हल्का नीलो र समानुपातिक निर्वाचनका लागि हल्का रातो रङ्गका मतपत्र छपाइ गरिएको जानकारी दिए ।
पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि २४० प्रकारका र समानुपातिक निर्वाचनका लागि एकै प्रकारका मतपत्रको व्यवस्था गरिएको छ । विविध कारणले २२ प्रतिशत बढी मतपत्र यसपटकको निर्वाचनका लागि छापिएको छ । समानुपातिक निर्वाचनमा १२२ दलले भाग लिएका कारण यसपटकको निर्वाचनमा सो निर्वाचन प्रणालीको मतपत्र ठूलो आकारको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us