
नयाँ दिल्ली, १७ कात्तिक–नयाँ दिल्लीमा रहेको एक कारखानामा भएको आगलागीमा परी कम्तीमा पनि ६ जनाको ज्यान गएको छ ।
सो कारखानामा भित्री भागमा च्यापिएर रहेका कामदार आगोले जलेका थिए । शनिबार साँझ लागेको आगो नियन्त्रणमा आइसकेको अधिकारीहरुले जनाएका छन् ।
छालाको झोला बनाउने उक्त कारखानामा भएको आगलागीमा मारिनेमा सबै मजदुर छन । कारखानाको भवन तीन तले रहेको छ ।
सो आगोमा परी घाइते भएका २० जनालाई अस्पताल पु¥याइएको अग्नि नियन्त्रणमा कार्यरत अधिकारीहरुले जनाएका छन् ।
घाइतेमध्ये सात जनाको अवस्था चिन्ताजनक रहेको छ । उनीहरुको उपचार अस्पतालमा जारी रहेको बताइएको छ ।
प्रत्यक्षदर्शीहरुले सो भवनमा आगो लागेपछि घरका झ्याल ढोकाबाटै आगोको मुस्लो निस्किएको देखेको र भित्रबाट त्यहाँ रहेका कामदारले सहयोगको याचना गरिरहेका थिए । रासस/एएफपी