पाकिस्तानकी लोक गायिका रेशमाको निधन

काठमाण्डु टुडे २०७० कार्तिक १७ गते ३:१८ मा प्रकाशित

Reshmaकाठमाण्डु– पाकिस्तानकी लोक गायिका रेशमाको निधन भएको छ । लामो समयदेखि घाँटीको क्यानसरबाट पीडित रेशमा आइतबार विहान निधन भएको हो । उनी एक महिनादेखि ‘कोमा’मा थिइन् ।

पाकिस्तानी लोकगीतका साथै उनले केही भारतीय फिल्मका गीतमा पनि आवाज दिएकी छन् । फिल्म ‘हिरो’मा उनले गाएको गीत ‘लम्बी जुदाई’ निकै चर्चित छ । उनले गाएका पन्जाबी गीत पनि निकै चर्चित छन् । ‘दामा दम मस्त कलन्दर’, ‘हाय ओ रब्बा नईओ लगदा दिल मेरा’ र ‘अँखियाँ नू रहणे दे’ जस्ता कर्णप्रीय पन्जावी गीत पनि उनैले गाएकी हुन् ।

उनलाई पाकिस्तान सरकारले तेस्रो ठूलो नागरिक सम्मान ‘सितारा–ए–इम्तियाज’बाट सम्मान गरेको थियो ।

भारतको राजस्थानको बीकानेरमा बन्जारा परिवारमा उनको जन्म भएको थियो । तर सन् १९४७ पछि उनको परिवार पाकिस्तान गएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us