सुशीललाई आफ्नै पार्टीबाट खतरा,चुनावमा हराउन खडका,देउवा र पौडेलका कार्यकर्ता सकृय

काठमाण्डु टुडे २०७० कार्तिक २५ गते १२:०० मा प्रकाशित

चितवन–नेपाली काँग्रेसका सभापति सुशील कोइरालालाई हराउन उनकै पार्टीका बरिष्ठ नेताहरुले आफ्ना कार्यकर्ता परिचालित गरेका छन् । sushil_koirala
भ्रष्टाचारको कसुरमा जेल सजाय भोगेर जेलमुक्त भएका खुमबहादुर खडका,बरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले आफ्ना कार्यकर्ता परिचालन गरेको स्रोतले बताएको छ ।

स्रोतका अनुसार कोइरालाका बागी उम्मेदवार बिकास कोइरालालाई आर्थिक, भौतिक र नैतिक सहयोग पनि खड्का, देउवा र पौडेलका कार्यकर्ताले जुटाइरहेका छन् । सुशीलले भने आफ्नो निर्वाचन क्षेत्रका आठ जनालाई समानुपातिक सभासदको सूचीमा राखेर आफ्नो पक्षमा माहोल बनाउने प्रयास गरेका छन् ।

कोइरालाले आफनो बिजय सुनिश्चित गराउन बागी उम्मेदवार बिकास कोइरालालाई मनाउने निकै प्रयास गरेका थिए तर उनको प्रयास सफल हुन सकेन ।

स्रोतका अनुसार देउवा,खड्का र पौडेल सुशीललाई पराजित गराएर आफनो राजनीतिक उचाइ माथि उठाउन चाहन्छन् । बाँकेमा आफनो बिजय सुनिश्चित नदेखेपछि सुशीलले आफूलाई चितवनमा केन्द्रित गर्दै आएका छन् । भाव प्रधानमन्त्रीका रुपमा प्रचार गराएर चितवनबाट जित्ने सुशीलको प्रयासमा उनकै पार्टीका नेता कार्यकर्ताले अवरोध खडा गरिदिएका छन् ।

चितवन–४ मा सुशीलको प्रतिस्पर्धामा एकीकृत माओवादीका उम्मेदवार चित्रबहादुर श्रेष्ठ छन् । अघिल्लो संविधानसभा निर्वाचनमा श्रेष्ठ बिजयी भएका थिए । सुशीललाई जिताउन एमालेले कमजोर उम्मेदवार भने सो क्षेत्रमा पार्वती रावललाई खडा गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us