भारतले नेपाली सेनालाई पठायो हतियार र गाडी

काठमाण्डु टुडे २०७० कार्तिक ६ गते ३:१६ मा प्रकाशित

काठमाण्डु । भारत सरकारले यसैसाता नेपाली सेनाका लागि हतियार, गोलीगठ्ठा र तीन सय ७० थान विभिन्न मोडलका सवारीसाधन हस्तान्तरण गर्ने भएको छ । रक्षामन्त्रालय उच्च स्रोतका अनुसार भारतीय सेनामार्फत आउने गाडी र हतियार वीरगन्जस्थित नेपाल–भारत सीमा क्षेत्रमा नेपाली सेनालाई हस्तान्तरण गरिनेछ ।

१ करोड ११ लाख ३२ हजार तीन सय थान गोली गठ्ठा, २४ हजार १ सय ६६ थान हातहतियार तत्काल उपलब्ध गराउने सहमति भएको थियो । सहमतिअनुसार ५० हजार भन्दा बढी गोलीगठ्ठा पहिलो खेपमा आउदैछन् ।

यसबाहेक प्रस्ताव बमोजिम कै सात हजार भन्दा बढी इन्सास सिरिजका हतियार पनि आउदैछन्, जसमा इन्सास लङ मेसिनगन (एल एम जी) र ९ एम एम अटोमेटिक पेस्तोल छन् । भारतबाट प्राप्त हतियारको सूचीमा केही विस्फोटक पदार्थ पनि रहेको बताईएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us