तपाईं न्यूटनको आफन्त त होइन ?

काठमाण्डु टुडे २०७० कार्तिक ५ गते ३:४५ मा प्रकाशित

newtonकाठमाण्डु–गुरुत्वआकर्षण पत्ता लगाउने महान वैज्ञानिक सर आईज्याक न्यूटनका कुनै सन्तान थिएनन् । तर उनका आफन्तहरु थिए । विज्ञानको क्षेत्रमा महत्वपूर्ण योगदान दिएका उनका आफन्तहरु कहाँ होलान् भन्ने चासो सर्बत्र छ । त्यसैले सामाजिक सन्जालबाट उनका आफन्तको खोजी शुरु गरिएको छ ।

ईङ्ल्याण्डको वुल्सथार्प मेनर इलाकामा जन्मिएका न्यूटन निसन्तान थिए । तर, उनको चौथो पुस्तासँग सम्वन्धित एक परिवार यतिबेला न्यूटनको वंशजको खोजीमा जुटेको छ । आफन्त खोजीको लागि यो परिवारले सामाजिक सन्जालको प्रयोग गरेको छ । यीनीहरुको सम्वन्ध खासगरी विलियम न्यूटनसँग थियो, जो आईज्याक न्यूटनका पूर्वज थिए ।

न्यूटनका आफन्त खोज्ने योजना ‘लिंकनशायर एज अफÞ साइन्टिफिक डिस्कभरी’ समूहले बनाएको हो । यो समूहले सन् २०१४ भित्रमा न्यूटनको जन्मस्थानमा सबै परिवारका सदस्यलाई एकत्रित पार्ने लक्ष्य राखेको छ ।

४ जनवरी १६४३ मा बेलायतमा जन्मिएका उनी भौतिकशास्त्री, गणितशास्त्री, खगोलशास्त्री, प्राकृतिक दर्शानिक र रसायनशास्त्री थिए जसलाई विज्ञान इतिहासमा सबैभन्दा प्रमुख व्यक्तित्वको रुपमा लिने गरिन्छ । उनको १६८७ मा प्रकाशित खोज प्राकृतिक दर्शनको गणितीय सिद्धान्तमा विश्वव्यापी गुरुत्वाकर्षण र तीन गतिका नियम बयान गरिएको छ । उनको ३१ मार्च १७२७ मा निधन भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us