इराकको क्याफेमा बम विष्फोट, ३७ जनाको मृत्यु

काठमाण्डु टुडे २०७० कार्तिक ४ गते २:०८ मा प्रकाशित

काठमाण्डु, ४ कात्तिक–इराकको राजधानी बगदादमा एउटा क्याफेमा गराइएको आत्मघाती विष्फोटमा कम्तीमा ३७ जनाको मृत्यु भएको छ । आइतबार राती भएको विष्फोटमा ४२ जनाभन्दा बढी घाइते भएको अधिकारीहरुले जनाएका छन् ।

इराकका विद्रोहीहरुले क्याफे, बजार, मस्जिद र अन्य भीडभाड हुने स्थानमा लक्षित गर्दै आक्रमण गर्दै आएका छन् । यस बर्षको हिंसामा मात्रै इराकमा कम्तिमा ६ हजार जनाको ज्यान गैसककेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us