ओलीलाई चाहियो १ सय २१ सिट

काठमाण्डु टुडे २०७० कार्तिक २ गते १२:५३ मा प्रकाशित

धादिङ, २ कात्तिक– एमाले स्थायी कमिटी सदस्य केपी ओलीले आसन्न संविधानसभा निर्वाचनमा आफ्नो पार्टीलार्य बहुमत दिन मतदातालाई आग्रह गरेका छन् ।
KP-Oliप्रेस चौतारी धादिङले धार्केमा शनिबार गरेको पत्रकार भेटघाटमा उनले नेपाली जनताले आफ्नो पार्टीलाई बहुमत दिने र आफूहरुले मुलुकलाई एक वर्षभित्र संविधान दिने दाबी गरे । ‘संविधानसभाको निर्वाचनमा एमालेलाई १ सय २१ सिटका साथ विजयी गराउनुस’ ओलीले भने, ‘ हामी तपाइंलाई संविधान दिन्छौं ।’

एमाले जातजाति, भाषाभाषी तथा सम्प्रदायको पहिचानलाई सम्मान गर्ने पार्टी भएकाले राष्ट्रिय एकताको पक्षमा रहेकाले नेपाली जनताले निर्वाचनमा एमालेलाई रोज्ने दाबी उनले गरे ।
ओलीले निर्वाचनबाट गठन हुने संविधानसभा परिणाममुखी हुने बताए । उनले यसपटक संविधानसभाले लोकतान्त्रिक संविधान जारी गर्नेमा ढुक्क रहन पनि आग्रह गरे । ‘मंसिर ४ को निर्वाचनबाट गठन हुने संविधानसभाले लोकतान्त्रिक मूल्य मान्यता बोकेको, जनताले चाहेको संविधान दिन्छ’ ओलीले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us