२४ बर्ष अघि आफैले बनाएको टाटुले चिनायो प्रहरी छोरा

काठमाण्डु टुडे २०७० असोज ३१ गते १५:१९ मा प्रकाशित

मुम्बई,–करिब २४ वर्षदेखि हराएका आफ्ना छोरालाई आमाबुबाले ती छोराको हातमा सानो छँदै लेखिएको टाटुको कारण फेला पारेका छन् ।Ganesh-Dhangade
सो घटनापछि ती आमाबुबा र छोराले टाटुलाई धेरै धेरै धन्यवाद पनि दिएका छन् । छोरा ६ वर्षको छँदा हराएका थिए । अहिले २४ वर्षपछि भेटिएका छन् ।
गणेश रघुनाथ धनगाढे नामका ती बालक ६ वर्षको हुँदा मुम्बईबाट हराएका थिए । रेल चढ्ने क्रममा उनी त्यहाँ रहेको निकै ठूलो भीडभाडबाट हराएका थिए । उनलाई मुम्बईका एकजना मछुवा (माछा मारेर आफ्नो जिवीकोपार्जन गर्ने व्यक्ति)ले ती बालकलाई पालेका थिए । पछि उनी टुहुरा केन्द्रमा राखिएका थिए ।
उनी कार दुर्घटनामा परेपछि आफ्नो परिवार र पहिलाका सबै घटनाहरु विर्र्सीएका थिए । दुर्घटनाका कारण आफ्नो स्मरण शक्ति गुमाएका उनलाई टुहुरा केन्द्रमा राखिएको थियो ।     उनी सन् २०११ मा प्रहरीमा भर्ती भएका थिए । सो भर्तीपछि उनले आफ्ना आमाबुबाको खोजी कार्य सुरु गरेका थिए । तर हालैमात्र उनको हातमा लेखिएको टाटुका कारण उनले आफ्नो आमाबुबा पाएका बताइएको छ । उनको दायाँ हातमा उनकी आमाको नाम ‘मान्दा’ लेखिएकोले उनलाई आमा बुबा पत्ता लगाउन सजिलो भएको थियो ।
आफ्नी आमाको नामबाट उनी खोजीमा जुटेका थिए । यसै महिनाको सुरुवाततिर उनी एक गाउँमा गए र मान्दा नामकी महिलाको खोजी गरे ।     उनी आफु बसेको यसअघिको टुहुरा सेन्टरका सहयोगीका कारण यो काम सम्भव भएको हो । उक्त केन्द्रमा आफ्नो छोरा हराएको भन्दै बारम्बार आइरहने ती महिलाको हुलिया र स्थान उनलाई दिइएको थियो ।
उनले ती महिलालाई भेटे र आफ्नो परिचय दिए । तर ती आमाले उनलाई चिन्न सकिनन् । ती महिलाले आफ्नो छेरा हो भन्ने कुराको प्रमाण देखाउन भनिन् र गणेशले त्यो टाटु देखाए ।
ती महिलाले आफनो छोरा चिनेपछि उनीहरु केही मिनेटसम्म शान्त रहे, केही बोेलेनन् । एकछिनपछि उनीहरु अङ्कमाल गरे,आमा र छोरा भनी सम्बोधन पनि गरे ।
यतिका वर्षसम्म आफुलाई खोज्नका लागि आफ्नी आमाले निकै नै सङ्घर्ष गर्नुपरेकोमा आफु दुःखी रहेको भन्दै भारतीय प्रहरी सेवामा रहेका उनले अब भने आफु आमाबुबासँगै बस्ने बताएका छन् । उनले भने –‘हालैका हप्ताहरुमा के के भयो र कसरी म मेरी आमाको साथसम्म आउन सफल भएँ भन्ने बारेमा मलाई केही थाहा भएन ।’ उनकी आमा भन्छिन्– यो अरु केही नभएर भगवानको लिला हो, आज मेरो छोरो पनि भगवानले नै मेरो घरदैलोसम्म ल्याइदिएका छन् ।’ रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us