प्रचण्ड भन्छन्–जीवन मरणको लडाई बन्दैछ संबिधानसभा

काठमाण्डु टुडे २०७० असोज २१ गते १७:४४ मा प्रकाशित

prachanda-finalकाठमाण्डु–एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले संबिधानसभाको दोस्रो निर्वाचन जीवन मरणको लडाई भएको बताएका छन । एकीकृत नेकपा(माओवादी) र नेकपा(एकीकृत क्रान्तिकारी) बीच पार्टी एकता गर्न केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले निर्वाचन मार्फत नै जनतालाई अधिकार सम्पन्न गराउन सकिने बिश्वास व्यक्त गर्दै त्यस्तो धारणा व्यक्त गरेका हुन ।
विभिन्न आन्दोलन र सङ्घर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नका लागि निर्वाचनलाई एकमात्र विकल्पको रुपमा स्मरण गराउँदै प्रचण्डले नेपाली जनताको आशा र चाहनालाई पूरा गर्ने संविधानसभा निर्वाचन हुने बताए ।
नेपाली जनताको पूर्ण मुक्तिका लागि क्रान्तिकारी कम्युनिस्ट पार्टीबीच गतिलो एकताको जरुरी रहेको प्रचण्डले बताए । संविधानसभा निर्वाचनको सङ्घारमा सम्पूर्ण क्रान्तिकारी तथा परिवर्तनकामी शक्तिहरू एकताको प्रक्रियामा आउनु सकारात्मक र सुखद भएको सन्देश दिदै प्रचण्डले आगामी निर्वाचनमा परिवर्तनकामी पक्षधरको पूर्ण बहुमतको सम्भावना देखिएको बताए ।
पार्टी एकता वार्ता समितिका संयोजक एवम् एमाओवादीका नेता अमिक शेरचनका अनुसारे विभिन्न टुक्रामा विभक्त कम्युनिस्ट पार्टीहरू एउटै झन्डामुनि गोलबन्द हुने शृङ्खला सुरु भएको छ ।

कार्यक्रममा यमुना भूसाल नेतृत्वको २७ सदस्यीय नेकपा(एकीकृत क्रान्तिकारी) एमाओवादीमा विलय भएको जानकारी दिइएको थियो । एमाओवादीले भुसाललाई केन्द्रीय समितिमा राख्ने जनाएको छ भने सो पार्टीका केन्द्रीय सदस्य डा केशव देवकोटा र अर्का केन्द्रीय सदस्य घनप्रसाद गौतमलाई एमामाओवादीले सल्लाहकारमा राख्ने भएको छ । पार्टीमा आबद्ध अन्य नेता तथा कार्यकर्तालाई स्थानीय समितिहरूमा समायोजन गर्ने सहमति भएको शेरचनले बताए ।

सुरक्षा योजना बनाउन गृहमन्त्री घिमिरेको निर्देशन  
गृहमन्त्री माधवप्रसाद घिमिरेले संविधानसभामा मतदानस्थलको सुरक्षा चुनौतीलाई ध्यानमा राखेर सुरक्षा योजना बनाउन र सबै सुरक्षा निकायलाई समन्वय गर्न निर्देशन दिएका छन ।
निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवम् शान्तिपूर्ण सम्पन्न गर्नका लागि संविधानसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजनाको धनगढीमा सोमबार आयोजित सुरक्षा गोष्ठीमा गृहमन्त्री घिमिरेलेदवारको सुरक्षा व्यवस्थालाई प्राथमिकता दिन निर्देशन दिएका हुन ।
गोष्ठीपछि पत्रकारसँग बोल्दै गृहमन्त्री घिमिरेले नागरिक सर्वोच्चताका लागि चुनाव अपरिहार्य भए उल्लेख गर्दै कानुनअनुसार कारबाही गर्न पछि हट्न नहुने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us