थुनामा रहेका सबै चिनियाँ श्रमिकको सुरक्षा र बैधानिक अधिकारको प्रत्याभूति गर्न चीनद्बारा फिलिपिन्स समक्ष आग्रह

काठमाण्डु टुडे २०७० असोज १९ गते १८:११ मा प्रकाशित

फिलिपिन्सका लागि चिनियाँ राजदूतावासले फिलिपिन्स समक्ष थुनामा रहेका चिनियाँ श्रमिकको सुरक्षा तथा बैधानिक अधिकारको संरक्षण गर्न अपील गरेको छ। थाहा भएअनुसार चिनियाँ राजदूतावासका पदाधिकारीहरुले चार तारिख राती बाटान्गास प्रान्तमा पुगी त्यहाँस्थित फिलिपन्सको आप्रवास व्युरोद्बारा थुनिराखिएका 138 जना चिनियाँ श्रमिकहरुसँग भेटघाट गरेका छन्। हालसम्म ती श्रमिकहरुमध्ये तीन जना रिहा भएका छन्।

फिलिपिन्सको जिएमए प्रेस वेभसाइटले हिजो जनाएअनुसार आप्रवास व्युरोका पदाधिकारीले सोही दिन बाटान्गासमा पर्ने एक बिद्युत कारखानाको निर्माण स्थलमा वैधानिक कामको अधिकार नपाएका ती 138 चिनियाँ श्रमिकलाई नियन्त्रणमा लिएको जनाएका छन्। पक्राउ सम्बन्धी सूचना पाए लगत्तै फिलिपिन्सका लागि चिनियाँ राजदूतावासले तुरुन्तै ततस्थानमा पदाधिकारी पठाएर वास्तविकताको जानकारी लिई आप्रवास व्युरोका पदाधिकारीसमक्ष थुनिएका सबै चिनियाँ श्रमिकको सुरक्षा र बैधानिक अधिकारको प्रत्याभूति गर्न आग्रह गरेको छ। source CRI

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us