म्यानमारमा संविधान संशोधनको प्रक्रिया सुरु

काठमाण्डु टुडे २०७० असोज १८ गते १३:२६ मा प्रकाशित

याङ्गोन, १८ असोज–संविधान सशोधनका लागि पुनरावलोकन गर्ने अधिकार पाएको संविधान संशोधन पुनरावलोकन समितिले यसका लागि सुझाव मागेको छ ।
यसअघि विगत दुई वर्षदेखि राजनीतिक सुधारको काममा लागेको भनेको उक्त समितिले संविधान संशोधनका लागि एक पुनरावलोकन समिति बनाएको थियो ।  उक्त समितिले बिहीबार एक विज्ञप्तिमार्फत देशका विधायक, प्रशासक, न्याय क्षेत्रका साथै विभिन्न क्षेत्रका नागरिकसँग म्यानमारका लागि आगामी दिनमा आवश्यक पर्नेगरी सुझाउन आग्रह गरेको छ ।
म्यानमारका अधिकारीहरुले उक्त सुझाव मागसँगै म्यानमारमा संविधान संशोधनको प्रक्रियाअघि बढिसकेको प्रतिक्रिया दिएका छन् । सरकारले १०९ सदस्यीय संविधान पुनरावलोकन समिति गठन गरेको थियो । उक्त समितिले आगामी नोभेम्बर महिनाको १५ तारिखमा सुझाव बुझाउनु पर्ने छ । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us