काठमाण्डुमै छन् नागरिकका हातमा सात हजार हतियार

काठमाण्डु टुडे २०७० असोज १९ गते ६:३५ मा प्रकाशित

काठमाण्डु–सरकारी निर्देशन अबज्ञा गर्दै काठमाण्डुका पहुँचवालाहरुले हतियार घरमा राखेका छन् । चुनावका बेला ती हतियारको दुरुपयोग हुन सक्ने गृह मन्त्रालयका अधिकारीहरुले आशंका गरेका छन् । यस्ता हतियार राजनीतिज्ञ, व्यापारी,एनजिओकर्मी,कानुन व्यवसायी र वैंकरसँग रहेको गृहमन्त्रालयले पत्ता लगाएको छ । चुनावको वेला ती हतियार दुरुपयोग हुने खतरा उत्तिकै रहने सुरक्षा अधिकारीहरुले बताएका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाण्डुबाट करिब ११ हजार जनाले विभिन्न खालका हतियारको लाइसेन्स लिएका छन् । त्यसमध्ये सात हजार जनाले मात्रै नविकरण गरेको काठमाण्डु प्रशासनले जनाएको छ ।gun-Shoot

प्रहरीको तथ्यांकअनुसार काठमाण्डुमा मात्र करिब डेढ सय जनाले मात्र हतियार बुझाएका छन् ।  अधिकाँश हतियार पहुँचवालाले घरमै राखेको पुष्टी भएको एक प्रहरी अधिकारीले काठमाण्डु टुडेलाई जानकारी दिए ।
निर्वाचन सुरक्षा रणनीतिअनुसार गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी लाइसेन्सप्राप्त हतियार १३ असोजसम्म बुझाउन निर्देशन दिएको थियो । तर, धेरै जसोले भने हतियार बुझाउन अनाकानी गरेका छन् । गृह मन्त्रालयले लाइसेन्सवाला हतियार बुझाउन दिएको समयमा थुप्रैले हतियार बुझाउन अटेर गरेको प्रहरी अधिकारीहरूले जानकारी दिएका छन् । त्यसो त देशभर कतिजनाले लाइसेन्सप्राप्त हतियार राखेका छन् भन्ने एकीकृत तथ्यांक गृह मन्त्रालयस“ग समेत छैन । हरेक जिल्ला प्रशासन कार्यालयले हतियार राख्ने लाइसेन्स बाँडदै आएका छन् । पहुचवाला र पैसावालालाई यस्ता लाइसेन्स लिन कुनै समस्या छैन । सुरक्षा संवेदनशिलता बढेको देखाएर पहुँचवाला र पैसावालाले हतियार राख्ने लाइसेन्स लिने गरेका छन् ।
हुन त हतियार नबुझाउनेलाई कारबाही गरिने गृह मन्त्रालयको भनाइ थियो ।  तर, कस्तो किसिमको कारबाही भन्ने गृहको सूचनामा उल्लेख गरिएको थिएन । यसअघि पनि सरकारले अवैध हतियार बुझाउन सर्वसाधारणलाई निर्देशन दिएको थियो । तर, यस्ता हतियार थोरै मात्रामा मात्र जम्मा भएका थिए ।
सुरक्षा जोखिमका आधारमा हतियारको लाइसेन्स दिने प्रावधान भए पनि सोर्सफोर्सका आधारमा हतियारको लाइसेन्स सरकारले दि“दै आएको छ । नेता तथा व्यापारीहरूले धेरै लाइसेन्सप्राप्त हतियार राखेका छन् । पछिल्लो समय अपराधिक गतिबिधिमा संलग्न व्यक्तिसँग लाइसेन्सप्राप्त हतियार रहेको सूचना प्रहरीले प्राप्त गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us