संविधानसभामा श्रमिकको दश प्रतिशत सहभागिताको माग

काठमाण्डु टुडे २०७० असोज १८ गते १०:२८ मा प्रकाशित

काठमाण्डु १८ असोज–पेसागत महासङ्घ नेपालले आगामी संविधानसभामा श्रमिकहरुको दश प्रतिशत सहभागिता हुनुपर्ने माग गरेको छ ।
विश्व ट्रेड युनियन महसङ्घको ६८ औँ स्थापना दिवसको अवसरमा आयोजित एक कार्यक्रममा महासङ्घका महासचिव शिवकुमार अधिकारीले श्रमिकहरुलाई कार्यस्थलबाटै चुन्ने र चुनिने अधिकार दिनुपर्नेमा जोड दिए ।
‘श्रमिकहरुको शिक्षा, स्वास्थ्य, आवास, खाद्यान्न र पिउने पानीको व्यवस्था गरौँ’ भन्ने मूल नाराका साथ मनाउन लागिएको दिवसका अवसरमा महासङ्घले ¥यालीसमेत निकालेको थियो । याली भद्रकालीबाट सुरु भएर सहिद गेट, नयाँबाटो हुँदै रत्नपार्कस्थित शान्तिबाटिकामा पुगी कोणसभामा परिणत भएको थियो ।
यालीमा सहभागीहरुले ‘श्रमिकको सामाजिक सुरक्षाको प्रत्याभूति गर’ र ‘विश्वभरिका श्रमिकहरु एक हौँ’ जस्ता विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us