
मलेसिया १८ असोज–मलेसियामा झण्डै दुई दर्जन कामदार पक्राउ परेका छन् । स्थानीय पत्रिका द स्टारका अनुसार राजधानी क्वालालम्पुरस्थित ‘माउन्ट कियरा’ नामक व्यापारिक भवनमा कार्यरत २३ जना नेपाली पक्राउ परेका हुन् ।
अध्यागमन विभाग र प्रहरीले संयुक्तरुपमा विहीबार राती छापा मारेर नेपाली कामदारलाई नियन्त्रणमा लिएको समाचारमा उल्लेख छ । पक्राउ पर्नेमा धेरैजसो सेक्युरिटी गार्डमा कार्यरत छन् ।
मलेसियामा भिषाको म्याद सकिए पनि अवैधानिक रुपमा कार्यरत कामदारहरुलाई मलेसिया सरकारले धरपकड जारी राखेको छ ।